
धुन्चे, रसुवाको पर्यटकीय गाउँ लाङटाङमा विश्व वातावरण दिवसका अवसरमा गत हप्ता विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको छ ।
०७२ को गोरखा भूकम्पले क्षति पु¥याएको लाङटाङ, क्याङजिङमा पार्टनर्स नेपाल र तेन्जिङ इको ट्रेक्सको सहयोग तथा लाङटाङ राष्ट्रिय निकुञ्ज र लाङटाङ मध्यवर्ती उपभोक्ता समिति वडा नम्बर ४ को कार्यालय मिलेर चार हजार मिटरका उचाइमा ६ सय विभिन्न स्थानीय जातका बिरुवा रोपिएको बताइएको छ । मुन्डुमा बिरुवाको नर्सरी राखेर करिब तीन हजार बिरुवा तीन वर्षमा हुर्किएका थिए । ४ नम्बर वडा कार्यालय, मध्यवर्ती क्षेत्रका अध्यक्ष, आमा समूहको पहलमा स्थानीयवासीको सहभागितामा बिरुवा रोपिएको मध्यवर्ती क्षेत्रका अध्यक्ष पासाङ तामाङले जानकारी दिए । बाँकी बिरुवा बिस्तारै रोपिँदै जाने बताइएको छ । सन् २०२१ देखि पार्टनर्स र तेन्जिन ट्रेक्सको संयुक्त परियोजनामा लाङटाङको मुन्डुमा वृक्षरोपण गरिएको थियो ।