+
Search

ताजा अपडेट +

पपुलर +

रसुवागढी भन्सार छलीका सामान नुवाकोटमा नियन्त्रणमा

रसुवागढी भन्सार छलीका सामान नुवाकोटमा नियन्त्रणमा
त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर, अवैध रूपमा रसुवागढी भन्सार छली भई सडकमार्ग भएर आएका सामान नुवाकोट जिल्ला प्रहरी कार्यालयअन्तर्गत रहेका राजमार्ग चेकपोस्टले चेकजाँच गर्ने क्रममा समात्न थालेका छन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

रसुवाभित्र रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाका एक दर्जनभन्दा बढी सुरक्षा पोस्ट छल्दै आएका सवारीसाधनलाई नुवाकोट प्रहरीले निगरानी गर्न थालेको हो । प्रहरी चेकजाँच गर्ने क्रममा बिल नभएको सामान समातिने क्रम बढेको छ । गत महिना विदुर चेकपोस्टले दुईपटक रसुवागढी नाका टिमुरेबाट काठमाडौंका लागि छुटेको सार्वजनिक बसलाई चेकजाँच गर्ने क्रममा डेढ लाखभन्दा बढीको भन्सार छली गरी ल्याएको सामान बरामद गरेको जानकारी प्रहरी कार्यालयका सूचना अधिकारी प्र.ना.उ. तिलक भारतीले दिए । रसुवा जिल्लामा रहेका सुरक्षाचौकीले साना र मालवाहक सवारीसाधनलाई मात्र निगरानी गर्ने गरेको कारण सार्वजनिक सवारीसाधन बस, मिनीबस, स्कार्पियो र सुमो जिपमा अवैध रूपमा भन्सार छलिएका सामान ल्याउन सहज भएको हो । रसुवागढी नाकाबाट विगतमा सडकमार्ग हुँदै अवैध रूपमा सयौँ किलो सुन काठमाडौं भित्रिएको थियो ।

Suzuki New Bike & Scooter

पछिल्लो समय शिवपुरी गाउँपालिका-६ गुर्जेभञ्ज्याङ सिमाना अस्थायी प्रहरी पोस्ट गुर्जेभञ्ज्याङ नुवाकोटबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले रसुवाबाट काठमाडौंतर्फ जाँदै गरेको एक यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याएको बिल नभएको सामान फेला पारी नियन्त्रणमा लिएको थियो । त्यस्तै, विदुर नगरपालिका–२ विदुर चेकपोस्टअगाडि अस्थायी प्रहरी पोस्ट विदुरबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले सवारीसाधन रसुवाबाट काठमाडौंतर्फ जाँदै गरेको बसमा चेकजाँच गर्दा भन्सार छली गरी ल्याएको अन्दाजी दुई लाख रुपैयाँ मूल्यबराबरको भन्सार छली गरी ल्याउको सामान नियन्त्रणमा लिइएको सूचना अधिकारी प्र.ना.उ. भारतीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह