प्रदेश र सङ्घीय सांसद बजेट जोड–घटाउमा गाँड कोराकोर ! नुवाकोटमा सिटिइभिटीको आङ्गिक पोष्टबहादुरको नामको कलेज माओवादीको सेल्टर । राज्यको सम्पूर्ण शक्ति खर्चेर डेढ रोपनी जग्गा उपलब्ध गराएको कलेजमा एक दर्जन शीर्षकमा बजेट ओइरिँदा पार्टीका कार्यकर्ताबाहेकले जागिर खान र पढ्नसमेत धौधौ परेको अवस्था । कलेजलाई जग्गाको र घरको भाडा तथा मर्मतमा आ’को लाखौँ बजेट कसरी खर्च गर्ला भनेर एमाले र काङ्ग्रेसका कार्जेकर्ता हिसाब गर्दै । कलेजलाई नगरपालिका, प्रदेश र सङ्घसहित सिटिइभिटीले लगानी गरे पनि विदेश जाने युवा घट्न त परको कुरो बजारमा सीपयुक्त जनशक्तिको अभाव यथावत् ! पार्टी सञ्चालन गर्नेकै लागि घर र जग्गा भाडा असुल्ने र शिक्षाको मन्दिरमा पार्टीको अघोषित कब्जा र भेला÷बैठकले गणतन्त्रकै उपहास हुँदा पनि प्रहरी प्रशासन निरीह !