करेन्ट लागेर सहचालक घलेको मृत्यु

  • त्रिशूली प्रवाह
  • ७ असार २०८१, बिहीबार १४:०४

धुन्चे, गोसाइँकुण्ड गाउँपालिका-५ र कालिका गाउँपालिका-१ गुम्बुचेतनजिक मैलुङ–स्याफ्रुबेँसी सडक योजनाअन्तर्गतको ठाँडे खोलामा एक्स्काभेटरमा तेल हाल्ने क्रममा करेन्ट लागेर गत शनिबार एकजना सहचालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक केशव भट्टराईका अनुसार मृत्यु हुनेमा धादिङ, सिद्धलेक गाउँपालिका-५ का २२ वर्षीय टेकबहादुर घले रहेका छन् । एक्स्काभेटरका सहचालक घले सो दिन बिहान एक्स्काभेटरमा तेल हाल्न लाग्दा एक्स्काभेटरको बकेट त्रिशूली जलविद्युत् आयोजनाको विद्युत् प्रसारणलाइनमा छुँदा करेन्ट लागेर बेहोस भएका थिए । प्रहरीको सहायताबाट उनलाई उपचारका लागि त्रिशूली अस्पताल लानेबित्तिकै अस्पतालले मृत घोषणा गरेको प्रहरी प्रमुख भट्टराईले जानकारी दिए ।