काठमाडौं, मिस ट्यालेन्ट नेपाल २०२४ सांस्कृतिक संस्थान जमलमा गत हप्ता सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहको प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रम एनआरडी इन्टरटेनमेन्टको आयोजना तथा नम्रता ट्रस्ट नेपाल, करण ड्रिम्स, मन खुसी फाउन्डेसनलगायतको संयोजनमा भएको थियो ।
विभिन्न परीक्षा, ट्यालेन्ट राउन्ड र अन्य राउन्डमा उत्तीर्ण गरी १४ प्रतियोगी फाइनलमा पुगेकामध्ये मिस ट्यालेन्टको उपाधि नुवाकोटकी मुस्कान तामाङले जितिन् । फस्र्ट रनरअप काभ्रेपलाञ्चोककी स्मृति तामाङ र सेकेन्ड रनरअप धादिङकी अमृता आलेमगर भए । प्रतियोगितामा नुवाकोट दुप्चेश्वरकी कृष्टि तामाङले सबैभन्दा बढी मत ल्याएर पब्लिक च्वाइस अवार्ड तथा स्मृतिले उत्कृष्ट पोसाक, वाक र मिस इन्टेलेक्चुअलको अवार्ड जितेकी छिन् । त्यसैगरी उत्कृष्ट फोटोजेनिक अवार्ड अमृता, उत्कृष्ट अनुशासन अवार्ड उर्मिला तामाङ, उत्कृष्ट त्वचा अवार्ड मुना माझी, मिस कन्फिडेन्ट अवार्ड देविका मगर, बेस्ट पर्सनालिटी अवार्ड सिर्जना तामाङ र मिस ट्यालेन्ट अवार्ड मनिता तामाङले प्राप्त गरेका छन् ।