सम्पादक समाज नेपालको अध्यक्षमा रिसाल

  • त्रिशूली प्रवाह
  • १४ असार २०८१, बिहीबार १२:४०

काठमाडौं, सम्पादक समाज नेपालका अध्यक्षमा पुरु रिसाल निर्वाचित भएका छन् । असार ६ गते सम्पन्न समाजको साधारणसभापछि भएको निर्वाचनबाट रिसालको अध्यक्षतामा सर्वसम्मतिबाट आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

समाजका उपाध्यक्षद्वयमा नारायण उपाध्याय र जुनारबाबु बस्नेत, महासचिवमा श्याम डोटेल, सचिवमा राजु बस्नेत तथा कोषाध्यक्षमा ठाकुरप्रसाद दुलाल (माधव) निर्वाचित भएका छन् । साथै, सदस्यमा रामचन्द्र तिवारी, माधव पौडेल, विष्णुप्रसाद नेपाल, राधा चालिसे, शरणउत्सुक सापकोटा, शुभेच्छा विन्दु र कवि थापामगर निर्वाचित भएको समाजले जनाएको छ ।