
अराजकता मौलाइरहँदा अन्योलमा नुवाकोटका पत्रकार ! सधैँ अरूकै बारेमा टीका–टिप्पणी लेखेर वाक्क–दिक्क पार्ने पत्रकार आफैँ बेथितिमा । जिल्ला, प्रदेश र केन्द्र अधिवेशनको मिति आउन एक हप्ता बाँकी हुँदासम्म सदस्यताको टुङ्गो लगाउन नसक्नेको नकुरा गरौँ । जिल्लाको १२ पालिकामध्ये गत निर्वाचनमा तारकेश्वरमा काङ्ग्रेस माओवादीको गठबन्धनले जितेका माओवादीका उपाध्यक्षले हैसियतभन्दा ठूलो भाग खान खोज्दा भुइँको टिप्दा पोल्टाको खसेझैँ रुन्चे हाँसोको अवस्था ! बहुमत कार्यपालिका काङ्ग्रेसको रहँदा–रहँदै काङ्ग्रेसीलाई फुटाउँदै एमालेको बुई चढ्दा ‘चौटा खान आएकी कमरेड झोलामा डुबी’ भनेझैँ हुँदा अध्यक्ष शिवले गोरखा बियरको पार्टीको बिल पालिकामा आउँला कि भन्ने चिन्तामा लेखा सर ।