नुवाकोटका सबै पालिकाले बजेट ल्याए

  • त्रिशूली प्रवाह
  • १४ असार २०८१, बिहीबार १४:२९

विदुर, असार १० गतेसम्म हरेक पालिकाले आगामी आर्थिक वर्षका लागि बजेट र नीति तथा कार्यक्रम ल्याउनुपर्ने संवैधानिक प्रावधानअनुसार नुवाकोटका १२ वटा पालिकाले पनि ल्याएका छन् । आ.व. ०८१/८२ को नीति तथा कार्यक्रम र बजेट १२ वटै पालिकाले सार्वजनिक गरेका छन् ।

दुई नगरपालिका र १० वटा गाउँपालिका रहेको नुवाकोटका सबै पालिकाले संविधानले तोकिएको समय–सीमाभित्र नीति तथा कार्यक्रम र बजेट सभामा प्रस्तुत गरेका छन् । भौतिक पूर्वाधार, कृषि, शिक्षा, खानेपानी, पर्यटन, विपत् व्यवस्थापन र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएको स्थानीय तहले जनाएका छन् । सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र पालिकाको आन्तरिक आम्दानीलाई समावेश गरेर पालिकाले बजेट निर्माण गरेका छन् । सभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट पालिकाले प्रस्तुत गरे पनि पारित कुनै पालिकाको नभएको जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।