+
Search

ताजा अपडेट +

पपुलर +

होटेल तथा रेस्टुरेन्ट व्यवसायीको अध्यक्षमा पुनः अधिकारी

होटेल तथा रेस्टुरेन्ट व्यवसायीको अध्यक्षमा पुनः अधिकारी
त्रिशूली प्रवाह
२ साल अगाडी

बट्टार, नुवाकोट होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घको ११औँ वार्षिक साधारणसभा एवम् पाँचौँ अधिवेशन शनिबार होटेल दियालो दम्की बट्टारमा सम्पन्न भएको छ । अधिवेशनबाट वासुदेव अधिकारीको नेतृत्वमा कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

Utsuk Books & Stationery

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा गोविन्दराज न्यौपाने, महिला उपाध्यक्षमा शारदादेवी ढकाल, उपाध्यक्षमा रामशरण पौडेल र कृष्णबहादुर मानन्धर चयन भएका छन् । त्यसैगरी, महासचिवमा रवीन्द्र्र चालिसे, उपमहासचिवमा शिवराज लामिछाने, सचिवमा सुशील श्रेष्ठ, कोषाध्यक्षमा विनोद लामिछाने र सदस्यमा चन्द्रबहादुर घले, गोपाल लामा, सौगात अमात्य, पवन नेपाल, रामकुमार थापा, उमेश तामाङ, सुशान्त अधिकारी निर्वाचित भएका छन् । सङ्घको सल्लाहकारमा सन्तोष उप्रेती, आरएस अधिकारी, सविन श्रेष्ठ, सुमित सिलवाल रहेका छन् । उक्त कार्यक्रममा नुवाकोटमा पर्यटन प्रवद्र्धन अभियानमा अमूल्य भूमिका निभाएका गौतममानसिंह डङ्गोल, नुवाकोट जिल्लामा सानो लगानीबाट सुरु गरी नुवाकोटलाई चिनाउने स्तरीय होटेल सञ्चालन गरिरहेका हारती क्राउन होटेलका सञ्चालक किसन चित्रकार र नुवाकोट जिल्ला होटेल व्यवसायी सङ्घका संस्थापक एवम् होटेल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल बागमती प्रदेशका संस्थापक तथा होटेल व्यवसायी महासङ्घ नेपालका केन्द्रीय पर्यटन उपाध्यक्ष सन्तोष उप्रेतीलाई कार्यक्रमका प्रमुख अतिथि विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले सम्मान गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह