+
Search

ताजा अपडेट +

पपुलर +

महिला उद्यमी महासङ्घको जिल्ला शाखा विस्तार

महिला उद्यमी महासङ्घको जिल्ला शाखा विस्तार
त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे, रसुवा जिल्लाका महिलाको सीप र कामलाई सम्मान र प्रोत्साहन गराउने उद्देश्यले असार १० गते यहाँ भएको महिला उद्यमीको भेलाले नेपाल महिला उद्यमी महासङ्घको जिल्ला शाखा गठन भएको छ । महासङ्घको नवगठित शाखाको अध्यक्षमा ज्ञानु तामाङ चयन भएकी छिन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

पाकिस्तानी दूतावासको सहयोगमा महासङ्घको जिल्ला शाखा नुवाकोटको संयोजनमा रसुवामा ६७औँ शाखा विस्तार गरिएको हो । २० वर्षदेखि महिलालाई सफल उद्यमी बनाउनुपर्छ भनेर लागिपरिरहेको महासङ्घ रसुवाको नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा रितुपेमा तामाङ, द्वितीय उपाध्यक्षमा सेतीमाया तामाङ, महासचिवमा शोभा पोख्रेल, सचिवमा लक्ष्मी ब्लोन, कोषाध्यक्षमा धनकुमारी तामाङ, सदस्यमा सुमित्रा अधिकारी, डोल्मा याङजेन तामाङ, याङजेन घले, याङजेन तामाङ र मिना तामाङ रहेका छन् । २०औँ स्थापना दिवसको अवसरमा ७७ जिल्लामध्ये ६७ वटामा शाखा विस्तार भइसकेको महासङ्घकी जनाएको छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह