+
Search

ताजा अपडेट +

पपुलर +

मौरीपालन तालिम सम्पन्न

मौरीपालन तालिम सम्पन्न
त्रिशूली प्रवाह
२ साल अगाडी

देउराली, म्यागङ गाउँपालिकाको आयोजनामा बर्सुन्चेतमा तीनदिने आधारभूत मौरीपालन तालिम सम्पन्न भएको छ । असार ७ देखि ९ गतेसम्म सञ्चालन भएको तालिमको समापन गाउँपालिकाकी उपप्रमुख सीता तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

Utsuk Books & Stationery

तालिममा सहभागी १५ जनालाई नेपाल मौरीपालक महासङ्घ नुवाकोट शाखा अध्यक्ष एवम् नुवाकोट जिल्लालाई मौरीमय बनाउने अभियानमा अहोरात्र लागिपरिरहने मौरी बचाउ अभियन्ता, आधुनिक मौरी फार्म तथा घार उद्योगका प्रोपाइटर भीमप्रसाद अधिकारीले प्रशिक्षण दिएका थिए । प्रशिक्षक अधिकारीले परम्परागत रूपमा पालिएको मौरीपालनबाट भन्दा आधुनिक तरिकाले पालिएको मौरीबाट बढी लाभ उठाउन सकिने बताए । बर्सुन्चेत वातावरणीय हिसाबले मौरीपालन व्यवसाय गर्न योग्य ठाउँ भएकाले सहभागीलाई व्यवसाय गर्न र यसका लागि आवश्यक प्राविधिक सहयोग एवम् मौरीजन्य सामग्रीका लागि पालिकाले सहयोग गर्ने उपप्रमुख तामाङले बताइन् । उक्त कार्यक्रममा स्थानीय हिरालाल तामाङले तालिममा सिकेको कुरा व्यवहारमा उतार्न र आगामी आवमा व्यावसायिक मौरीपालक किसानलाई आवश्यक सहयोग गर्न गाउँपालिकासँग माग गरे । समापन कार्यक्रमका सभापति एवम् वडा नम्बर १ का अध्यक्ष जिमा तामाङले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न र बर्सुन्चेतलाई मौरीपालन पकेट क्षेत्र बनाउन लागिरहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह