‘नयाँ जोगीले बढी खरानी धस्छ’ भन्ने नेपाली उखान काटीकुटी ठ्याक्कै ! एमाले नुवाकोटको गत महिना सम्पन्न अधिवेशनबाट निर्वाचित कमरेडहरूको मिसन ०८४ का लागि सद्भाव बैठक बसेछ । बैठकको पनि क्रान्तिकारी वर्गीकरण देखेर फेसबुक चलाउनेले निःशुल्क मनोरञ्जन ! जनयुद्धवाला कमरेड छलाङ मारेर सिंहदरबार पुग्दा गाउँमा कार्जेकर्ताको खडेरी । अबको जिल्ला बैठक कुटाकुट, हानाहान, हो–हल्ला, हानथाप, अङ्कमाल इत्यादि नामकरण भएमा एमालेजनले आश्चार्य नमाने हुन्छ । उखान–टुक्काबाटै विपक्षीलाई हायल–कायल बनाउने केपी बा’का कार्यकर्ताले नुवाकोटमा धुलो चटाउँछन् कि धुलो चाट्लान् काङ्ग्रेसीको एकतामा निर्भर !