+
Search

ताजा अपडेट +

पपुलर +

पञ्चकन्याको ४७ करोड ३६ लाखको बजेट प्रस्तुत

पञ्चकन्याको ४७ करोड ३६ लाखको बजेट प्रस्तुत
त्रिशूली प्रवाह
२ साल अगाडी

लाँकुरीभञ्ज्याङ, नुवाकोटको पञ्चकन्या गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ४७ करोड ३६ लाख ३८ हजारको बजेट विनियोजन गरेको छ । असार १० गते १६औँ गाउँसभामा उपाध्यक्ष विमला केसीले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

Utsuk Books & Stationery

बजेटमा चालूतर्फ २८ करोड ९३ लाख आठ हजार र पुँजीगततर्फ १८ करोड ४३ लाख ३० हजार रुपैयाँ रहेको छ । यस्तै, आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये गाउँपालिकाको आन्तरिक राजस्वबाट ८० लाख, स्थानीय राजस्व बाँडफाँटबाट ३७ लाख, सङ्घीय वित्तीय हस्तान्तरणबाट ३५ करोड ४३ लाख, प्रदेश वित्तीय हस्तान्तरणबाट सात करोड ७५ लाख ५२ हजार चार सय र अन्य स्रोतबाट दुई करोड ५२ लाख ७७ हजार आठ सय रहेको पालिकाकी उपाध्यक्ष केसीले बताइन् । यस्तै, अध्यक्ष तेजबहादुर तामाङले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा गाउँपालिका क्षेत्रभित्रको खेतीयोग्य जमिनमा थप सिँचाइ सुविधा उपलब्ध गराउन जोड दिई ‘जग्गा बाँझो नराखौँ, कृषि कर्मलाई सम्मान गरौँ’ भन्ने सोचअनुरूप बाँझो जमिन राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न तथा कृषि तथा पशुपालनसम्बन्धी प्राविधिक परामर्श उपलब्ध गराउन बजेट छुट्याएको छ ।

कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिई कृषि व्यवसायको आधुनिकीकरण, यान्त्रीकरण र बजारीकरणमा जोड दिइनेछ । यसका लागि लागत साझेदारीमा कृषकलाई आधुनिक कृषि औजार उन्नत बिउ, मल, प्लास्टिक टनेललगायतका सामग्री उपलब्ध गराइने बताइएको छ । गाउँपालिका क्षेत्रमा फलफूल तथा तरकारी सङ्कलन केन्द्र स्थापना गर्न प्रोत्साहन गरिनेछ । सामूहिक खेती, करार खेतीको अवधारणालाई कार्यरूपमा उतार्न व्यावसायिक रूपमा कृषि पेसालाई निरन्तरता दिन गाउँपालिकाभित्रका कृषक, कृषक समूह एवम् कृषि सहकारी यसमा गैससलाई तरकारी खेती, फलफूल खेतीसम्बन्धी वडास्तरीय क्षमता विकास कार्यक्रम सञ्चालनका लागि बजेट छुट्याएको छ । माटो जाँचका लागि माटो ल्याबको स्थापना, कृषकको ग्राहक स्थानीय सरकार ‘न्यूनतम समर्थन मूल्य, बेरोजगारीलाई माटो उपहार’ खेतबारीमा प्राविधिक सेवा उत्पादनमा टेवा कृषि विकासमार्फत रोजगारी सिर्जना र गरिबी निवारण गर्ने लक्ष्य प्राप्तिका लागि यस क्षेत्रमा ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह