+
Search

ताजा अपडेट +

पपुलर +

रसुवागढीबाट तिन हजार अमेरिकी डलरसहित पक्राउ

रसुवागढीबाट तिन हजार अमेरिकी डलरसहित पक्राउ
त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे, पछिल्लो केही वर्षदेखि रसुवागढी नाकाले राजश्व उठाउनमा अभिलेख तोडे पनि सुन तस्करीदेखि अवैध सामान ओसारपसारमा दुर्नाम कमाउन थालेको छ । गत हप्ता मात्रै अमेरिकी डलरसहित एक नेपाली पक्राउ परेका छन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

गत शुक्रबार तिन हजार अमेरिकी डलरसहित नुवाकोट, ककनी-२ पहिरेबेंसीका समिर सुनार पक्राउ परेका हुन् । गोसाइँकुण्ड-२ टिमुरेबाट रसुवागढी नाकातर्फ पैदल हिँडिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी, सशस्त्र प्रहरी बल टिमुरे र भन्सार कार्यालयको संयुक्त टोलीले जाँच गर्ने क्रममा सुनारले खुट्टामा लगाएको कलेजी रङको छालाभित्र लुकाइराखेका अवस्थामा रकम फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख केशव भट्टराईले जानकारी दिए । जुत्ताभित्र लुकाइराखिएको अमेरिकी डलर एक सय दरका दुई सय ९८, ५० का तिन, १० का एक र २० का दुई थान गरी ३० लाख बराबरको रहेको र चिनियाँ युयान एक सय दरका २७, ५० का चार, २० का पाँच, पाँचका ६, १० का चार, एकका तिन थान गरी तिन हजार ७३ सहित सुनारलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरी प्रमुख भट्टराईले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिए ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह