काठमाडौं, शीत काव्य समाज नेपालले शीत गायन तथा शीत कर्ण पुरस्कार समर्पण कार्यक्रम अघिल्लो बुधबार सम्पन्न गरेको छ । समाजका अध्यक्ष एवम् प्रथम शीत ईश्वरकृष्ण केसीको अध्यक्षता र साहित्यकार डा. यादेवी ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सुसेलीका अभियानकर्मी दुर्गा भमरकोटेलगायत उपस्थित थिए । त्यस्तै, पूर्वसहायकरथि तेजप्रकाश बानियाँ, पूर्वसेनानी टंकबहादुर खत्री र कुलबहादुर ढकाल, चन्द्रा न्यौपाने, साहित्यकार माधवानन्द, कवि द्वारिका कुइँकेल र तोयानाथ सुवेदी, कृष्णप्रसाद पौडेल, वासुदेव ठकुरी, सुशीला ढकाल, सत्यनारायण ढकाल, पार्वती पौडेल, सुस्मिरा अर्याल, सबिता अधिकारीलगायत ६० भन्दा बढी अतिथि साहित्यकार, कलाकारको सहभागिता थियो ।
शीत काव्य समाज नेपालका संस्थापक महासचिव, प्रथम शीत उपन्यासकार दामोदर दीपकबाट स्वागत, पाल्पाको माटो र तुप्चेको माटो एउटै गमलामा राखी फूलको बिरुवा रोपणबाट उद्घाटन, राष्ट्रिय गान, शीत गानसँगै सुरु भएको कार्यक्रममा काव्यकार लव जोशी र देशभक्तसिंह कुँवरलाई सभाध्यक्ष कृष्ण केसी र गुनु केसीद्वारा स्थापित शीत कर्ण पुरस्कार, शीतका परिकल्पनाकार पुष्करअथक रेग्मी र शीतईश्वर दामोदर ढकाललाई आधुनिक कला संस्कृति फाउन्डेसनद्वारा सम्मान गरिएको थियोे ।
कार्यक्रममा गायक/गायिका सरस्वती अर्याल, विमला ढकाल, सुशीला ढकाल अधिकारी, सत्यनारायण ढकाल, विष्णु गुरुङ, सबिता अधिकारी, कृष्णा खड्का, रामशरण पाण्डे, दीपादियाली कृष्ण केसी, अग्रज कवि मुरलीप्रसाद ढकाललगायतद्वारा शीत गायन गरिनाका साथै सङ्गीतकार विष्णु गुरुङ, कुलबहादुर ढकाल, रामशरण पाण्डेद्वारा शीतमा सङ्गीत दिइएको थियो । पुष्करअथक रेग्मीको अघ्र्य र दामोदर ढकालको शीतयात्राभित्रका शीत गायन गरिएको कार्यक्रममा उपन्यास ‘शीतयात्रा’को चलचित्र बनाइने र कवि विमला ढकाल समीक्षाको अध्यक्षतामा शीत काव्य समाज बागमती प्रदेशको पुनर्गठन गर्ने घोषणा गरिएको थियो ।