कम्प्युटर बिलिङ सफ्टवेयरको जानकारी

  • त्रिशूली प्रवाह
  • २८ असार २०८१, बिहीबार १३:५९

विदुर, पेनाहक टेक्नोलोजी प्रालि कुलेश्वर, काठमाडौं र विदुर कर तथा लेखा परामर्श सेवा प्रालिको आयोजनामा आन्तरिक राजस्व विभागबाट भेरिफाइड क्लावड बेस्ट कम्प्युटर बिलिङ सफ्टवेयर प्रयोगसम्बन्धी अन्तर्किया शनिबार यहाँ सम्पन्न भएको छ ।

सफ्टवेयरको सफलताको शुभकामना दिँदै अध्यक्ष श्रेष्ठले जिल्लामा डिस्ट्रिब्युटर्स कार्यालय राखी सफ्टवेयरको सर्भिस सपोर्ट हुने भएकाले सो सफ्टवेयर प्रभावकारी रहने बताए । पेनाहक प्रालिका अध्यक्ष इन्जिनियर धीरजकुमार दासले ६ वर्षदेखि नेपालको एकाउन्टिङ डोमेनमा कार्य गर्दै आएको सो सफ्टवेयर नेपालका सातै प्रदेशमा च्यानल पार्टनर रहेको, सन्तुष्ट प्रयोगकर्ता करिब एक हजार पाँच सय रहेको तथा क्लाउड बेसमा बनेको सफ्टवेयर एकाउन्टिङ र इन्भेन्टरी, म्यानुफ्याक्चरिङ, पिओएस (डिपार्टमेन्ट स्टोर), पेट्रोल पम्पको एमपिओएस बिलिङ भेरिएन्टमा रहेको जानकारी दिए । यो सफ्टवेयर युजर र मोबाइल फ्रेन्ड्ली रहेको तथा जुनसुकै डिभाइस र स्थानमा सजिलैसँग चलाउन सकिने, सम्पूर्ण रिपोर्ट एकै ठाउँमा समेटिएको आकर्षक ड्यासबोर्ड, मल्टी ब्रान्चिङ¬ सेल्स ट्रयाकिङ सिस्टम, मास्केवारी सिबिएमएस अटो अपलोड, पार्टी कन्फर्मेसन लेटर, एसएमएस, इमेल नोटिफिकेसन आदि रहेको जनाइएको छ । त्यसमा २४ सै घण्टा प्राविधिक सहयोग रहने बताउँदै कम्पनीका जनरल म्यानेजर तथा प्रशिक्षक अग्निकुमार शाही ठकुरीले सफ्टवेयरको व्यावहारिक ज्ञान दिएका थिए ।

विगत वर्षदेखि रु. १० करोडभन्दा माथिको बिक्री वा दायित्व/सम्पत्तिमा अनिवार्य कम्प्युटर बिलिङ सफ्टवेयर राख्नुपर्ने व्यवस्था गरिएको र हालको आर्थिक विधेयक २०८१ ले क्रमशः सम्पूर्ण करदातालाई आफ्नो लेखा विवरण कम्प्युटर बिलिङ सफ्टवेयरमा राख्नुपर्ने व्यवस्था गरेकाले सफ्टवेयरको आवश्यकतालाई ध्यानमा राखी सो सफ्टवेयर जिल्लामा भित्र्याइएको सञ्चालक राजु बोगटीले जानकारी दिए । सफ्टवेयरले आफ्नो लेखा चुस्तदुरुस्त राख्न अत्यन्तै छिटो, सहज र सरल हुनेसमेत उनले जिकिर गरे । बाह्र वर्षदेखि जिल्लामा निरन्तर कर तथा लेखा सेवा दिइरहेको विदुर कर सेवा प्रालिले सो सफ्टवेयरको नुवाकोट, रसुवा र धादिङ जिल्लाको आधिकारिक बिक्रेता रही ग्राहकलाई सेवा दिइरहेको अर्का सञ्चालक दिनेशकुमार श्रेष्ठले बताए । नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लेखासम्बन्धी कर्मचारी तथा व्यवसायीको उल्लेखीय सहभागिता थियो ।