
धुन्चे, रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका-६ रेडपाण्डा पार्कको दुई रोपनी जग्गामा स्केटपार्क निर्माण हुने भएको छ ।
स्केटिङ तथा स्केट बोर्डिङ साहसिक खेल भएकाले अन्तर्राष्ट्रिय जगत्लाई समेत केन्द्रित गर्न सकिने र नेपालले यसको अग्रसरता लिनुपर्ने गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए । उनले आगामी आ.व. ०८१÷८२ को बजेटमा गाउँपालिकामा पर्यटन प्रवद्र्धन गरी गोसाइँकुण्डलाई विश्वमाझ पुर्याउन सकिने भएकाले थोरै रकम विनियोजन गरी सुरुवात गरिएको बताए । वडाध्यक्ष दावासिदार वाइबाले स्केटिङ साहसिक र पर्यटनको प्रचुर सम्भावना भएको खेल भएकाले यसलाई सरकारले थप हौसला र सहयोग गर्दै जाँदा राष्ट्रलाई नै खेलबाट टेवा पुग्ने भएकाले यस वडामा स्केटिङ खेललाई वडास्तरबाट नै विकास गर्दै जानुपर्नेमा जोड दिए । रसुवा जिल्लालाई खेलमार्फत विश्वमाझ गोसाइँकुण्डलाई चिनाउन सहयोग मिल्ने बागमती प्रदेश स्केटिङ तथा स्केट बोर्डिङ सङ्घका अध्यक्ष ई. प्रकाश श्रेष्ठले बताए ।