+
Search

ताजा अपडेट +

पपुलर +

प्रदेशको बजेट खर्च गर्नेमा सूर्यगढी अब्बल

प्रदेशको बजेट खर्च गर्नेमा सूर्यगढी अब्बल
त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर, नुवाकोटका १२ पालिकामध्ये गत आव ०८०/८१ मा बागमती प्रदेश सरकारबाट विभिन्न शीर्षकमा विनियोजित बजेट खर्च गर्नेमा सूर्यगढी गाउँपालिका अब्बल देखिएको छ । सूर्यगढीले गत आवमा विनियोजित चालू र पुँजीगत गरी ८४.९ प्रतिशत खर्च गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

गत आवमा प्रदेश सरकारबाट सबै पालिकालाई प्राप्त कुल बजेट चालू र पुँजीगत गरी रु. सात अर्ब ११ करोड ९९ लाख ९९ लाख नौ हजार आठ सय १३ मध्ये रु. पाँच अर्ब ६० करोड ५९ लाख ३७ हजार पाँच सय ६४ खर्च भएको छ । पालिकाहरू कुल बजेटको चालू र पुँजीगतमा ७८.७३ प्रतिशत खर्च गर्न सफल भएका छन् । गत आवमा सूर्यगढी रु. ४० करोड २० लाख ६ सय ९२ बजेट प्राप्त गरेकामा रु ३३ करोड ८० लाख ५० हजार आठ सय ७१ खर्च गर्न सफल भएको छ । गत आवमा सूर्यगढीलाई चालूतर्फ रु. २५ करोड ६७ लाख ३१ हजार पाँचमध्ये रु. २१ लाख ९० हजार ७६ लाख तीन सय ६२ खर्च भएको छ । त्यसैगरी पुँजीगत बजेट रु. १४ करोड ५२ लाख ६९ हजार ६ सय ८७ विनियोजन भएकोमध्ये रु. ११ करोड ८९ लाख ७४ हजार पाँच सय नौ खर्च भएको छ ।

Suzuki New Bike & Scooter

गत आवमा प्रदेशको बजेट खर्च गर्नेमा तादी गाउँपालिका दोस्रो स्थानमा छ । तादीले चालू र पुँजीगतमा प्राप्त कुल बजेटको ८४.१ प्रतिशत खर्च गरेको छ । तादीले चालूतर्फ रु. ३४ करोड ७५ लाख ५५ हजार आठ सय १३ विनियोजन भएकोमध्ये रु. १० करोड १८ लाख ९२ हजार तीन सय ७९ खर्च गरेर ८६.८६ प्रतिशत पु¥याएको छ । उक्त पालिकालाई निकासा भएको चालू बजेटमध्ये रु. ३० करोड १८ लाख ९२ हजार तीन सय ७९ र पुँजीगतमा रु. १३ करोड ९८ लाखमध्ये १० करोड ७५ लाख ५० हजार दुई सय ५९ खर्च गरेर ७६.९३ प्रतिशत पु¥याएको छ । स्थानीय तहमध्ये सबैभन्दा कम किस्पाङले प्राप्त कुल बजेटको ७०.८६ प्रतिशत मात्र खर्च गरेको छ । किस्पाङलाई प्रदेशबाट चालू र पुँजीगत शीर्षकमा रु. ४६ करोड ७६ लाख ५० हजार चार सय ४३ प्राप्त भएकामा ३३ करोड १३ लाख ९५ हजार सात सय १७ मात्र खर्च गरेको छ ।

समयमै निर्णय गर्ने, योजना कार्यान्वयनमा लैजाने, निर्माण व्यवसायीलाई क्रियाशील बनाउने र कर्मचारीसँग समन्वय गरेर काम गर्न सक्ने जनप्रतिनिधि एवम् प्रशासकीय प्रमुख भएका पालिकाले प्राप्त बजेट समयमै खर्च गरेका छन् । पालिकाको खर्च गर्ने क्षमतामा सुधारसँगै बेरुजु पनि घटेको देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह