+
Search

ताजा अपडेट +

पपुलर +

लारानि संरक्षणबारे छलफल

लारानि संरक्षणबारे छलफल
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे, लाङटाङ राष्ट्रिय निकुञ्ज (लारानि) को आयोजनामा स्थानीय समुदायको सहभागिता बढाउने र दिगो पर्यटन प्रवद्र्धनका लागि जिल्लाका सरोकारवालाबीच समन्वयात्मक अन्तक्र्रिया सम्पन्न भएको छ । गत असार २८ गते आयोजित कार्यक्रममा लाङटाङ राष्ट्रिय निकुञ्जको संरक्षण, व्यवस्थापन र विकासका विभिन्न पक्षमा छलफल भएको निकुञ्जका सहायक संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिए ।

Utsuk Books & Stationery

उपस्थित प्रतिनिधिले निकुञ्ज संरक्षणका समस्या, सम्भावना र समाधानबारे आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा निकुञ्जको व्यवस्थापन, स्थानीय समुदायको सहभागिता बढाउने र दिगो पर्यटन प्रवद्र्धनका लागि विभिन्न रणनीति अपनाउने विषयमा छलफल भएको बताइएको छ । सो अवसरमा सम्बन्धित निकायबीचको सहकार्य र समन्वयका साथै भावी कार्ययोजनाबारे विस्तृत छलफल भएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अणनाथ बरालले जनाए । जिल्ला समन्वय समितिको बैठक कक्षमा सम्पन्न कार्यक्रममा समन्वय प्रमुख अशोककुमार घिमिरे, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, समन्वय उपप्रमुख विजय लामा, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, निकुञ्जका कर्मचारी, स्थानीय जनप्रतिनिधि, संरक्षणविज्ञ, सञ्चारकर्मी तथा अन्य निकायका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह