बट्टार, अविरल वर्षासँगै खसेको पहिरोले नुवाकोट जिल्ला प्रवेश गर्ने मुख्य सडक गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाअन्तर्गतको देवीघाट–गल्छी सडकखण्ड मंगलबार रातिदेखि अवरुद्ध भएको छ । अवरुद्ध सडक १६ घण्टापछि खुलेको छ ।
विभिन्न चार स्थानमा गएको पहिरोले उक्त सडकखण्डमा सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए । दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ । सडक खुलाउन बिहानदेखि नै उपकरण प्रयोग गरेर साँझमा अवरोध सडक सञ्चालनमा आएको छ ।