+
Search

ताजा अपडेट +

पपुलर +

अमेरिकी डलरसहित नुर्पु पक्राउ

अमेरिकी डलरसहित नुर्पु पक्राउ
त्रिशूली प्रवाह
११ महिना अगाडी

धुन्चे, रसुवा जिल्ला, गोसाइँकुण्ड–२ टिमुरेबाट रसुवागढी नाका हुँदै मंगलबार चीनतर्फ जाँदै गरेका २२ वर्षीय नुर्पु तामाङलाई प्रहरीले जाँच गर्ने क्रममा पक्राउ गरेको छ । अभियुक्तलाई प्रहरीले अमेरिकी डलरसहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार आमाछोदिङ्मो–५ पाजुङका उनका साथबाट इलाका प्रहरी कार्यालय टिमुरे प्रहरीचौकी रसुवागढी, सशस्त्र प्रहरी बल नेपाल टिमुरे र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले जाँच गर्दा अमेरिकी डलर दुई सय थान भेटेको थियो । तामाङले कम्मरको भागमा सेतो रङको पेटीभित्र (फल्स बटम बनाई) लुकाइ/छिपाइ ल्याएको अमेरिकी डलर नेपाली २० हजार रहेको र उनलाई उक्त रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह