तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १० श्रावण २०८१, बिहीबार १४:४१
Buddha Eyes

एमालेका नेता/कार्जेकर्ताको ओली ‘बा’लाई बधाई/शुभकामना दिने धोको अपूरै ! गत बिहीबार जिल्लाका नेता गण र प्रदेशका कामरेडलाई उर्दी जारी गरेर ९ बजे बालुवाटार गेट पुगेका जिल्ला अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मको उत्ताउलो र टिकटिके व्यवस्थापन विफल ! जिल्लामा भन्दा राजधानीमा रहनेको जमात बढी भए पनि बालुवाटारमा तीन घण्टा कुर्दा बल्लबल्ल ‘बा’ले मुस्कानसहित परैबाट हात हल्लाएको हेरेर भोकभोकै अमिलो मनसहित जिल्ला नेतृत्व धिक्कार्दै फर्के । जिल्ला नेतृत्व झन्डै/झन्डै जितेको बताउनेहरू पार्टीको कामभन्दा चाकडी र पत्तो जम्मा गर्ने होडले नुवाकोटतिर एमालेका पक्षमा जनलहर देखिए पनि नेतृत्वको भने खडेरी नै छ । कसो कँड !