‘… मन डढेको कसैले देख्दैन’

  • त्रिशूली प्रवाह
  • १३ श्रावण २०८१, आईतवार ११:३४

रसुवा । आमाछोदिङ्मो-३ को गोठीयान र युरीखर्क पाखाको वनमा २०६४ सालमा लागेको आगोले करोडौंँ मूल्यको वनजन्य सम्पत्ति नाश भए पनि कसैको चासो नपुग्दा जनताको मन पनि डढिरहेको छ । उक्त क्षेत्रमा गत वर्ष पनि आगलागी भई वन क्षेत्र थप नाङ्गो र उजाड बनेको छ । डिभिजन वन कार्यालयको क्षेत्रभित्र पर्ने यो वनमा अमूल्य जडिबुटी र पाङ्लिङ सल्लाको करोडौंँ मूल्यका काठ कुहिएर र सडेर नाश भएकाले यसको सदुपयोग गर्न सम्बन्धित निकायको कहिले ध्यान पुग्ला ? नेपाली सेनाले विगतमा खनेको त्रिशूली, धुन्चे, स्याफ्रुबेंसी र सोमदाङ सडकखण्डको पार्वतीकुण्डभन्दा माथि माङ्चेत पाखाको तिन हजार आठ सय मिटरसम्म फैलिएको वन डढेकाले जिम्मेवार व्यक्तिको पनि मन पोल्नुपर्ने हो । ५/६ वर्ष अघिसम्म सेनाको सुरक्षा पोष्ट समेत रहेको उक्त क्षेत्रमा अहिले डढेका ठुटा रूख हावा आउँदा लडेर चरनमा निस्केका चौंँरीगाई र वन्यजन्तु घाइते हुने गरेको र सोमदाङ सडक अवरूद्ध हुने गरेको स्थानीयवासी बताउँछन् ।

तस्बिर : शरणउत्सुक