हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले भोली साउन १५ गते विश्वासको मत लिने भएका छन् । साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका उनल भोली विश्वासको मत लिने भएका हुन् ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संबैधानिक व्यवस्थाअनुसार तामाङले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका हुन् । उनको पत्रअनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले साउन १५ गते दिउँसो ३ बजेका लागि संसद् बैठक आह्वान गरेका छन् । मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम सांसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् । नेपाली काँग्रेसको ३७ र एमालेको २७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका तामाङले शनिबार १३ वटा मन्त्रालय रहेको वागमतीमा १४ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए ।