+
Search

ताजा अपडेट +

पपुलर +

एसइई पुनर्योगले भण्डारीको नतिजा परिवर्तन

एसइई पुनर्योगले भण्डारीको नतिजा परिवर्तन
त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा चित्त नबुझेर पृथ्वी मावि विदुरकी एक छात्राले पुनर्योग माग गर्दा नतिजा फेरिएको छ । विद्यार्थी रेजिना भण्डारीको एसइईको नतिजा संशोधन भई चार जिपिए कायम भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

गत असार १३ गते राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशित नतिजामा तिन दशमलव ९६ जिपिए रहेको भण्डारीको सामाजिक अध्ययन विषयको नतिजा पुनर्योग हुँदा नतिजामा संशोधन भई माथिल्लो जिपिए कायम भएको प्रअ बाबुराम लामिछानेले बताए । उनी नुवाकोट जिल्ला लिखु–३ का हेमबहादुर र रेश्मा भण्डारीकी छोरी हुन् । एसइई अहिले पनि सर्वाधिक सामाजिक महत्त्व पाएको परीक्षाका रूपमा छ । यस नतिजाले समाजमा शैक्षिक गुणस्तरको विद्यमान अवस्था, सम्बन्धित शैक्षिक संस्था, निश्चित भूगोलविशेष र सिङ्गो देशको अवस्था देखाउँछ । पृथ्वी मावि एसइईमा विगत केही वर्षदेखि जिल्लामा निरन्तर उत्कृष्ट हँुदै आएको छ । विद्यार्थीको व्यक्तिगत नतिजा र विद्यालयको संस्थागत परिणाम दुवैमा सो मावि अग्रस्थानमा छ । गत वर्ष चार जिपिए प्राप्त गर्ने सुभेनियर बोर्डिङ स्कुल बट्टारकी सिम्रिका रिजाल मात्र रहेकामा पुनर्योगको नतिजामा भण्डारी थपिएपछि अब जिल्लाबाट चार जिपिए ल्याउने दुई जना भएका छन् । चार जिपिए ल्याउने दुवै छात्रा हुन् । तिन दशमलव ९६ ल्याउने नुवाकोटका तिनमध्ये पृथ्वीका दुई, तिन दशमलव नौभन्दा माथि ल्याउने जिल्लाका एक सय ५१ विद्यालयका १६ मध्ये पृथ्वीका मात्रै सर्वाधिक पाँच, तिन दशमलव ६ भन्दा माथि जिपिए ल्याउने सबैभन्दा धेरै ३८ जनाको नतिजा पृथ्वीले नै निकालेको छ ।

Suzuki New Bike & Scooter

कुल ७६ ले फाराम भरेकामध्ये ७५ विद्यार्थी ग्रेडेड भएको विद्यालयले जनाएको छ । पृथ्वीको विगतसँग तुलना गर्दा गत वर्ष २३ जना (कुल सङ्ख्याको ३२ दशमलव ३९ प्रतिशत) ले तिन दशमलव ६ वा सोभन्दा माथि (बोलीचालीका भाषामा ‘ए’ प्लस) ल्याएकामा २०८० को सङ्ख्या र दर बढेर ३८ (कुल सङ्ख्याको ५० प्रतिशत) रहेको, उत्कृष्ट विद्यार्थीको गत वर्षको जिपिए तिन दशमलव ९५ रहेकामा २०८० मा चार जिपिए र तिन दशमलव ९६ रहेको, गत वर्ष २१ जनाको तिन दशमलव दुईदेखि ३.६ सम्म (बोलीचालीका भाषामा ए) नतिजा रहेकामा यस वर्ष बढेर २६ जना रहेको, विद्यालयको औसत जिपिए गत वर्षभन्दा ० दशमलव १६ ले वृद्धि भएको तथ्याङ्क छ । यस तथ्यले पृथ्वीको नतिजा बर्सेनि सबै दृष्टिले अझ उत्कृष्ट भइरहेको देखाउँछ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह