गत वर्षको एसइई रिजल्टबारे न्वाँकोटमा घोत्लिएर मूल्याङ्कन गर्न लायक नभएपछि सम्बन्धित निकायमा छटपटी पो भएछ ! तीन तहका सरकारले शिक्षामा ओइराएको बजेटदेखि भैँचालोपछि बनेका संरचना र दक्ष भनिएका ‘सर’, ‘मिस’ महोदयहरूको कन्तबिजोग हेरिनसक्नुभयो त । एसइईमा म्याथमा सबैभन्दा बढी फेल भएपछि समुदायमा हल्लीखल्ली हुने नै भो नि ! टोटलमा ४२ प्रतिशत मात्र पास भए पनि त्यसमा १,७२८ फेल हुँदा लालसलाम कि जयनेपाल मार्का सर–मिसको सर्टिफिकेट नै हेर्नुपर्ने भन्ने अभिभावकको निष्कर्ष पो आयो त । अभिभावक सङ्घको भने म्याथ पढाउने सर–मिसको उछित्तो काट्दै घर खानतलासी गरेर प्राक्टिस बुक, गेसपेपर, गाइडको स्टक खोज्ने मागले पुस्तक व्यवसायी मालामाल हुने जस्तो पो देखियो है !