
- रत्ननिधि शुक्राचार्य
‘काङ्गे्रस र एमाले मिले भने के हुन्छ ?’ यस्तो प्रश्न आमरूपमा विगतदेखि नै उठ्ने गरेको थियो । नेपाली काङ्गे्रस र नेकपा (एमाले) मिलेर सरकार चलाएको अहिले मात्र होइन । ०५६ को निर्वाचनताका पनि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा एमाले–काङ्गे्रसको सरकार बनेको थियो र पछि एमालेका माधवकुमार नेपालको नेतृत्वमा पनि संयुक्त सरकार बनेको थियो । काङ्गे्रस–एमालेको सरकार अन्तिम विकल्प ठानिए पनि त्यो सत्य होइन । सत्ता चलाउने सयौँ विकल्प हुन्छन् । त्यसमध्येको यो एक विकल्प निश्चितै हो । खासगरी राजनीतिमा विरलै मात्र दुई ठूला दल यसरी मिल्ने गर्छन् ।
०४७ को संविधान निर्माणताका पनि काङ्गे्रस र वाममोर्चाको मुख्य घटक नेकपा (माले) र काङ्गे्रस नै प्रमुख रूपमा अन्तरिम सरकारमा सामेल थिए । देशलाई अप्ठ्यारो परेका बेला वा राजनीतिमा सङ्कट आउँदा दुई प्रमुख राजनीतिक दल मिल्ने गर्छन्, यो स्वाभाविक प्रक्रिया हो, यसपल्ट पनि त्यस्तै भएको हो । बरु सत्य के हो भने काङ्गे्रस र एमालेको टकरावमा नेकपा (माओवादी–हाल माओवादी केन्द्र) जन्मियो र यी तीन दलको आपसी बेमेलले अरू साना घटकको उदय भयो । माओवादीको विगत राम्रो नभएकाले जनमानसले उसलाई परिवर्तनको संवाहक मान्दैन । उदाहरणका लागि प्रचण्ड उर्पm पुष्पकमल दाहाल तीनचोटि प्रधानमन्त्री बन्नुभयो, तर सामाजिक सञ्जालमा हे¥यौँ भने उहाँ इज्जतिलो र गर्विलो भएको पाउँदैनाँै । त्यहीँभित्र पनि नारायणकाजी श्रेष्ठलाई मानिसहरू नराम्रो दृष्टिले हेर्दैनन् । कारण श्रेष्ठको तत्कालीन नेकपा (एकता केन्द्र) माओवादीको हिंसात्मक कदममा सहभागी थिएन । उनको दल ०६३ पछि माओवादीमा एकीकृत भएको हो । वास्तवमा माओवादीमा लागेकामध्ये अलिकति राम्रो काम गरेका तिनै हिजोका एकता केन्द्रका सदस्यले मात्र हो । उनीहरू यदि माओवादीमा थिएनन् भने माओवादी सरकार निकम्मा र भ्रष्टहरूको जत्था मात्र साबित हुने थियो । उता बाबुराम भट्टराई पनि निर्विवाद भएनन् । उनीमाथि जनताले जुन भरोसा राखेका थिए, त्यसविपरीत उनले आज लिएको बाटो ठ्याक्कै विपरीत देखिन्छ । अर्का मोहन वैद्य, नेत्रविक्रम चन्द आदिको त परीक्षा भएकै छैन । उनीहरू सबै अर्कै माओवादी दल बनाएर बसेका छन् । यिनीहरू फेरि मिल्ने सम्भावना देखिँदैन र मिले पनि आमरूपमा लोकप्रिय नभएकाले त्यसको दूरगामी प्रभाव पर्ने देखिँदैन । यसरी हेर्दा जेनतेन काङ्गे्रस–एमालेकै वर्चस्व रहिरहेको छ र रहिरहनेछ ।
राष्ट्रिय राजनीतिमा महत्व राख्ने काङ्गे्रस–एमालेजस्ता दुई ठूला दल मिल्नु आवश्यक भइरहेको अवस्थामा देशभर सकारात्मक सन्देश भने पक्कै गएको छ । एमाले र काङ्गे्रसबीच सहकार्य हुने हो भने यी झिनामसिना दल या त एकीकृत हुन कर लाग्छ, या त समाप्तै भएर जान्छन् । फेरि यी दुवै दल ०४६ सालको परिवर्तनका संवाहक पनि हुन्, लामो समयसम्म सत्ता चलाइआएका पनि हुन् । आन्तरिक लोकतन्त्रका हिसाबमा पनि यी दुई दल मात्र अभ्यास गर्ने खालका हुन् । अरू दलभित्र लोकतान्त्रिक अभ्यास छँदै छैन भने हुन्छ । एमाले र काङ्गे्रसपछिको तेस्रो शक्ति बनेको माओवादी केन्द्र हालसम्म लोकतान्त्रिक हुन सकेको छैन । करिब ४५ वर्षदेखि एउटै अध्यक्ष (प्रचण्ड) रहिरहेका छन् । उता नेकपा (मसाल)का मोहनविक्रम सिंह ५३–५४ वर्षदेखि आफैं महासचिव छन्, नेपाल मजदुर किसान पार्टीमा नारायणमान बिजुक्छे ‘रोहित’ संस्थापनाकालदेखि हालसम्म अध्यक्ष छन् भने सिपी मैनाली, चित्रबहादुर केसीलगायत सम्पूर्ण दलमा त्यही समस्या छ । बाँकी राप्रपामा बल्ल लोकतान्त्रिक अभ्यास हुन सुरु भएको छ । नयाँ उदय भएका दलको त सिद्धान्त र नीति नै बनेको छैन । हुन सक्छ, ती झिनामसिना दल केवल बर्खायामका खहरे मात्र हुन् । नानीमैयाँ दाहाल र बालेन्द्र साहको पनि गति उही हो । उनीहरूले राम्रो र योग्य भएर मत पाएका होइनन्, काङ्गे्रस र एमालेले गतिलो उम्मेदवार नदिँदा चुनाव जितेका हुन् । मधेशवादी दलको त कुरै नगरौँ, तिनमा सामन्तवादी प्रथा हाबी छ, तिनका नेताहरूमा आजसम्म राजनीतिक संस्कार नै बस्न सकेको देखिँदैन । यसरी हेर्दा प्रजातन्त्रको पूर्ण परिपालना गर्ने प्रमुख रूपमा काङ्गे्रस र एमाले नै हुन् । यी पुराना दलको आपसी टकरावले मुलुकमा दुर्भाग्य मात्र निम्त्याएन, राजनीतिमा अनेकथरीका हुल्लडबाजी देखाप¥यो । उरन्ठेउला मान्छेहरूले स्थानीय सत्ता कब्जा गरे । आज सङ्घीयताको स्वरूप भताभुङ्ग अवस्थामा पुगेको छ भने दुईतिहाइभन्दा बढी मत भएका काङ्गे्रस र एमालेका काँधमा चढेर एकतिहाइ पनि जनमत नभएका दलले रजाइँ गरिरहेका छन् । त्यत्रो शक्ति भएर पनि काङ्गे्रस र एमाले निरीह बन्नुपरिरहेको थियो । ढिलै भए पनि दुई नेताका घैँटामा घाम लागेकामा आमजनसमुदायले सकारात्मक रूपमा हेरेका छन् ।
हुन त काङ्गे्रस र एमालेबीचको टकरावले गर्दा राजनीतिमा अनेकौँ विकृति आए, मुलुक द्वन्द्वको खाडलमा जाकियो, त्यसको समाधान गर्न पनि काङ्गे्रस र एमालेले नै पहल गर्नुप¥यो र नयाँ संविधान जारी गर्न पनि अगुवाइ आवश्यक प¥यो । अहिले पनि स्थिति बिग्रियो वा भोलि निरङ्कुशताविरुद्ध लड्नुप¥यो भने यी दुई दलले नै काँध हाल्नुपर्छ, अरू दलका कुरा त हाउगुजी मात्र हुन् । जसले जतिसुकै यी दुई दलको विरोध गरे पनि आजको स्वतन्त्रता प्राप्त हुनमा यिनको भूमिका नै प्रमुख छ । यो कुरा आज एमाले र काङ्ग्रेसलाई पनि महसुस भएको हुनुपर्छ । काङ्ग्रेस प्रजातन्त्रको लामो लडाइँ लडेको दल हो भने जनसङ्घर्षको लामो इतिहास बोकेको दल एमाले नै हो । यिनको सङ्घर्षले मानिसमा निराशा छायो र यिनका कार्यकर्ता भाँडिएर छिन्नभिन्न भए, अन्यत्र लागे, पलायन भए, अनेकतिर विभाजित भए । ०४७ को सुरुतिर हे¥यौँ भने काङ्ग्रेस र एमाले भनेपछि मानिसमा जुन उत्साह–उमङ्ग थियो, आशा र भरोसा थियो, त्यो आज देख्न पाइँदैन । आज राजनीतिमा विकृति मात्र होइन, अराजकता नै मौलाइरह्यो । अझ ०६३ पछि त मुलुकका सबै गतिविधि भताभुङ्ग अवस्थामा पुगे । महँगी, भ्रष्टाचार, अन्याय, दमन र शोषणले पराकाष्ठा नै नाघ्यो । मानिस राणाशासन र पञ्चायती हुकुमीतन्त्र सम्झन बाध्य भए । यो स्थिति आउनमा पनि यी दुवै दलको आपसी टकराव प्रमुख हो भन्ने जोसुकैले भन्न सक्छ । तसर्थ यी दल मिल्दा विकृतिको अन्त्य हुन सक्छ र नमिल्दा अनेकखाले उपद्रव भित्रिन्छन् भन्ने प्रस्टै देखिन्छ ।
वास्तवमा एमाले र काङ्ग्रेसको विगत राम्रो हुँदाहुँदै पनि आज ती लोकप्रिय बन्न सकिरहेका छैनन्, किन ? यी दलका देशभरि लाखौँ कार्यकर्ता छन्, करोडका हाराहारीमा शुभचिन्तक छन् । स्थानीय तहमा हे¥यौँ भने यिनीहरूकै वर्चस्व छ, तैपनि विगतमा भैmँ काङ्ग्रेस–एमाले लोकप्रिय छैनन् । लोकप्रियता नभई राजनीतिक विकृति हटाउन सकिँदैन भन्ने कुरा नेताहरूले बुझेजस्तो लाग्दैन । हामीले अरू देशका उदाहरण हे¥यौँ भने यासिर अराफात, नेल्सन मन्डेलाजस्ता पछिल्ला नेताहरू लोकप्रिय भएकै कारण त्यहाँको अवस्था फेरिएको हो । अमेरिकामा त अब्राहम लिंकन, मार्टिन लुथर किङ, जोहन एफ केनेडी, हेनरी किसिन्जरजस्ता नेता थिए भने भारतमा महात्मा गान्धी र चीनका माओ त्से तुङ लोकप्रिय नेता थिए । आज भारतमा मोदी र चीनमा सी चिनफिङ लोकप्रिय नेता छन् र उनीहरूकै कारण समाज विकासको तीव्र गतिमा अघि बढेको छ । तर, हाम्रा नेताहरूले यस कुरालाई हेक्कामा राखेको पाइँदैन । केवल सत्ता प्राप्ति मात्र उद्देश्य बनाउँदा परिणाम नकारात्मक हुन्छ भन्ने बुझ्न नसक्दा आज यो स्थिति भएको हो । अब काङ्ग्रेस र एमालेले राम्रा, योग्य र सक्षम मानिसलाई नेतृत्वमा लैजाने परिपाटि नबसालेमा सत्ता सम्हालेकै भरमा मुलुकको कायापलट हुनेछैन । तसर्थ अब काङ्ग्रेस र एमालेले मिलेर जाने मात्र होइन, इमानदार छवि बनाउनेतिर ध्यान दिनुप¥यो । बिपी कोइराला, गणेशमान सिंह र मदन भण्डारी उत्पादन गर्न नसकिए पनि मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईजत्तिकै मात्र भए पनि योग्य र इमानदार नेतृत्व बनाउने दिशातिर लगाउन सके पनि यस मिलनको सार्थकता रहन्छ । अन्यथा यसको उपादेयता रहन्छजस्तो लाग्दैन । सबैलाई चेतना भया…।