Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा शाह नियुक्त

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा शाह नियुक्त
त्रिशूली प्रवाह
१ साल अगाडी

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङका राजनीतिक सल्लाहकारमा नुवाकोटका विनोद शाह नियुक्त भएका छन् ।तामाङकै गृहजिल्लाका उनलाई आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

मन्त्रिपरिषद्ले शाहको नियुक्तिसम्बन्धी एउटा मात्रै निर्णय गरेको मन्त्री लामिछानेले जानकारी दिए । शाहलाई प्रदेश सुशासन ऐन, २०७७ को दफा ३ को ५ बमोजिम नियुक्त गरी नियमावली, २०७७ को नियम २ बमोजिम राजनीतिक सल्लाहकारको सेवा–सुविधा, काम, कर्तव्य र अधिकार स्वीकृत गर्ने निर्णय गरिएको छ । तादी गाउँपालिकाका शाह यसअघि तत्कालीन ऊर्जामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका स्वकीय सचिव रहिसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह