+
Search

ताजा अपडेट +

पपुलर +

एसइई ग्रेडवृद्धि परीक्षामा रसुवाबाट चारसय सहभागी

एसइई ग्रेडवृद्धि परीक्षामा रसुवाबाट चारसय सहभागी
त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे । रसुवाबाट माध्यमिक शिक्षा परीक्षा ०८० को पूरक ग्रेडवृद्धि परीक्षामा ४०६ जना सहभागी हुने भएका छन् । यही साउन २३ देखि सुरु हुने परीक्षा मध्याह्न १२ बजेदेखि अपराह्न ३ बजेसम्म हुने भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

शिक्षा विकास तथा समन्वय एकाइ रसुवाका अनुसार एसइई पूरक ग्रेडवृद्धि परीक्षाका लागि रसुवा मावि धुन्चे र बागेश्वरी मावि धारापानीमा परीक्षा केन्द्र तोकिएको छ । रसुवा मावि परीक्षा केन्द्रमा पार्वतीकुण्ड मावि, नेपाल राष्ट्रिय मावि, हाकु मावि, रसुवा मावि, कामिन स्यामेवाङ्फेल मावि, हाइल्यान्ड आवासीय मावि र सेतीदेवी माविका विद्यार्थी छन् । त्यसैगरी बागेश्वरी मावि परीक्षा केन्द्रमा गाइताम्बुड मावि प्राविधिकतर्फका भूमेदेवी मावि, नीलकण्ठ मावि, नवविजय महेन्द्र मावि, मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुल, कालिका हिमालयन माविको खुलातर्फ, कालिका हिमालयन माविका नियमिततर्फ, सुन्धारा मावि, सेतीदेवी मावि, नर्थपोल बोर्डिङ स्कुल, नीलकण्ठ नमुना मावि बोगटीटारका २५६ परीक्षार्थी सहभागी हुने भएका छन् ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह