+
Search

ताजा अपडेट +

पपुलर +

लाङटाङ एफएमको वार्षिकोत्सव सम्पन्न

लाङटाङ एफएमको वार्षिकोत्सव सम्पन्न
त्रिशूली प्रवाह
२ साल अगाडी

कालिकास्थान । पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालको दशौँ वार्षिक साधारणसभाका अवसरमा रामकृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कार ‘कान्तिपुर’का रसुवा संवाददाता बलराम घिमिरेलाई प्रदान गरिएको छ । रसुवा जिल्लाकै पहिलो मन्त्री रामकृष्ण आचार्यका नाममा स्थापित सो पुरस्कार जिल्लाको समग्र राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, सांस्कृतिक एवम् ऐतिहासिक विषयमा जनचेतना प्रवद्र्धनका साथै कृषि, पशुपालन, वन, वातावरणलगायत समसामयिक क्षेत्रमा योगदान पु¥याएबापत पुरस्कारस्वरूप रु.११ हजार १११ नगद, सम्मानपत्र र दोसल्ला घिमिरेलाई प्रदान गरियो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

संस्थाका अध्यक्ष सोहम सुवेदीको अध्यक्षतामा मंगलबार आयोजित उद्घाटन कार्यक्रममा ३७ वर्षदेखि महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका भई मातृ शिशु स्वास्थ्य, जनस्वास्थ्य, आमा समूह परिचालन, समुदायमा आधारित स्वास्थ्य कार्यक्रम र मातृ शिशु स्वास्थ्य सुधारमा योगदान गरेबापत रसुवा, उत्तरगया-५ की सीता पौडेललाई रु. पाँच हजार ५५५ सहितको ‘समाजसेवी स्व. ईश्वरी अधिकारी स्मृति महिला स्वयम्सेविका पुरस्कार’ प्रदान गरियो ।

Suzuki New Bike & Scooter

यसैगरी २४६ रोपनी जग्गामा १२ हजार स्याउका बिरुवा रोपेर रसुवाको ब्राबल गाउँलाई ‘स्याउ गाउँ’ भनी चिनाउन सफल गोसाइँकुण्ड–५ का कृषक काल्साङ तामाङ र कालिका–१ राम्चे, रसुवामा जन्मी ४५ वर्ष नेपालको हिमाली पर्यटनको महत्वपूर्ण काम पोर्टरका रूपमा सेवा गरेका कान्छा तामाङलाई सम्मान गरियो । कार्यक्रममा लोकगीत तथा लोकदोहोरीलाई समुदायका युवामाझ परिचित गराउन समुदायमै गएर दोहोरी गाउने र रेडियोबाट बजाउने अभियानको नेतृत्व गरेका स्थानीयवासी १६ कलाकारलाई नगदसहित सम्मान गरियो ।

सभामा उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिका अध्यक्ष हरिकृृष्ण देवकोटा, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, उत्तरगया–५ का वडाध्यक्ष यमनाथ आचार्य, जनस्वास्थ कार्यालय रसुवाका प्रमुख भीमसागर गुरागाईं, त्रिशूली जिल्ला अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले ‘समुदाय चेतना र रूपान्तरणको अभियान’ नाराका साथ केन्द्रले सञ्चालन गरेको ‘रेडियो लाङटाङ एफएम ९० थोप्लो ३ मेगाहर्ज’ अघि बढिरहेकामा सन्तोष व्यक्त गरे ।

कार्यक्रममा मातृशिशु स्वास्थ्य र स्वास्थ्य नीति विषयमा छलफल, विपत् प्रकोपबारे खैँजडी भजनसमेत प्रस्तुत गरिएकोे थियो । संस्थाका सचिव गीता न्यौपानेले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/८१ कोे प्रगति प्रतिवेदन तथा आव ०८१/८२ का लागि प्रस्तावित कार्यक्रम पारित गरिएको थियो ।
‘रेडियो लाङटाङ’ कालिका–२ ले रसुवा, स्याउबारीबाट पर्यटन, कृषि, स्वास्थ्यलगायत सामुदायिक विषयमा उजागर गर्दै आफ्ना नियमित कार्यक्रम प्रसारण गर्दै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह