+
Search

ताजा अपडेट +

पपुलर +

ट्राफिक प्रहरीबाट रू.५४ लाख ६७ हजार राजश्व सङ्कलन

ट्राफिक प्रहरीबाट रू.५४ लाख ६७ हजार राजश्व सङ्कलन
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे । रसुवा जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आव २०८०/०८१ मा सवारी नियम उल्लङ्घन गरेका सवारीधनीबाट रू ५४ लाख ६७ हजार राजश्व सङ्कलन गरेको छ । गत आवमा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार चार सय ४१ सवारी साधनबाट विभिन्न शीर्षकको जरिवानाबाट उक्त राजश्व उठेको हो ।

ट्राफिक कार्यालयका इन्चार्ज नारायण खड्काका अनुसार गत वर्षमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६ सय ७८, सिट बेल्ट र हेल्मेट नलगाउने ३७, कागजपत्र साथमा नभएका दुई हजार एक सय ८९, सवारी चालक अनुमतिपत्र नभएका एक सय पाँच जना, बत्तीको अवस्था ठिक नभएको सवारी साधन सात, रूट/परमिट नभएका तिन सय ७७, तीव्र गतिमा चलाएका सवारी साधन एक हजार सय ३२, सिट क्षमताभन्दा बढी यात्रु राखेको १२ सवारी साधन र अन्य कारबाहीमा पाँच हजार चार सय ४१ जना परेका छन् ।

ट्राफिक कार्यालयले विभिन्न सङ्घसंस्थासँग समन्वय गरेर विद्यालयलगायत प्रत्येक सवारी साधनलाई सडकमै रोकेर ट्राफिक नियमबारे जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । रसुवाको सडकमा दुर्घटना सकभर हुन नदिन दिनरात खटेर ट्राफिक नियमबारे जनचेतनामूलक कार्यक्रम गरिएको प्रहरी सहायक निरीक्षक खड्काले बताए । पछिल्लो समय सडक दुर्घटनामा पहिलाका तुलनामा कमी आएको जिकिर पनि उनले गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह