तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ३१ श्रावण २०८१, बिहीबार १२:२०
Buddha Eyes

स्थानीय तहमा दिउँसै हुने आर्थिक बेथिति हजार जिब्रा भएका अख्तियारले वर्णन गर्न नसकिरहेको नेपालाँ तेस्रो आँखाले सक्ने त कुरै भएन । पत्रकारितामा दखल राख्ने तारकेश्वरका अध्यक्षले सुशासनलाई समेत चुनौती दिने रेकर्ड राखिरहँदा उनकै आडमा शङ्खादेवी माविमा लेटरप्याड किर्ते गरेर अधिकारी थरका एक शिक्षकले आफूलाई स्वघोषित निप्रअ बनाउने अधिकार पाउँदा केको गनगन हँ ? यसमा विद्यालयका अध्यक्ष घिमिरे ट्वाँ पर्नै पर्दैन नि ! शङ्खादेवीका उहिले–उहिलेका काममा शङ्खा नगरे पनि पालिका अध्यक्षको ‘थर’को भने गज्जबकै ‘सदुपयोग’ भो कि त ! थरै अधिकारी भएसि हेडमास्टर बन्ने अधिकार न्यायसङ्गत नै भएन त उपप्रमुख कँड !