+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय परिचयपत्र तस्बिरमा जातीय पहिचानको पहिरन लगाउन पाइने

राष्ट्रिय परिचयपत्र तस्बिरमा जातीय पहिचानको पहिरन लगाउन पाइने
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । राष्ट्रिय परिचयपत्रको तस्बिर खिच्दा अब आफ्नो संस्कृति र जातीय पहिचान झल्कने पोसाह र पहिरन लगाउन पाइने भएको छ । यसअघि सिन्दुर, टीकासमेत हटाएर तस्बिर खिच्न लगाइएको भन्दै आलोचना भएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा नपर्ने जनाएको हो ।

विभागले राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातका सम्बन्धमा रहेका समस्या हटाई सेवा प्रवाह सरल, सहज तथा थप प्रभावकारी बनाउन मातहतका सबै निकायलाई निर्देशनसमेत दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह