+
Search

ताजा अपडेट +

पपुलर +

गत वर्षको मालपोत राजस्व बाँडफाँट

गत वर्षको मालपोत राजस्व बाँडफाँट
त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे । गत आवमा रसुवा जिल्लाका पाँचवटा पालिकामध्ये नौकुण्डमा बढी र आमाछोदिङ्मोमा जग्गाको कारोबार कम भएको छ । सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तहले ग्रामीण सडक निर्माण, गाउँ–गाउँमा यातायातको सुविधा, वरपरका क्षेत्रमा घर तथा बगैँचाका लागि जग्गा बिक्रीले मालपोत राजस्व बढाएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

गत आव २०८०/०८१ मा मालपोतले उठाएको राजस्वमध्ये ६० प्रतिशत पालिका र ४० प्रतिशत बागमती प्रदेश सरकारको खातामा जम्मा भएको छ । गत आवमा मालपोतको राजस्व नौकुण्डले बढी र आमाछोदिङ्मोले कम पाएको छ । मालपोत कार्यालयका प्रमुख गणेश श्रेष्ठका अनुसार गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको कारोबार तथा कर्जाको हाइपोथिकेटेड धितोसहित कुल एक हजार एक सय ८९ दस्ताबेज पारित भएको थियो । अघिल्लो वर्षको तुलनामा जग्गा हस्तान्तरण कागजातको सङ्ख्या एक सय २६ प्रतिशतले बढेकोसमेत उनले बताए । घरजग्गाको काल्पनिक तथा नामसारीलगायत कारोबार दर्ताबाट रु. एक करोड ६ लाख २९ हजार आठ सय ११ राजस्व प्राप्त भएको छ ।

Suzuki New Bike & Scooter

संवैधानिक व्यवस्थाअनुसार मालपोतले उठाउने घरजग्गा तथा अन्य रजिस्ट्रेसन दस्तुर, सेवा शुल्क र रोक्कालगायत शीर्षकबाट उठेको राजस्वको ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत प्रदेश सरकारको खातामा जम्मा हुने गरेको छ । जसअन्तर्गत राजस्व बाँडफाँटअन्तर्गत नौकुण्ड गाउँपालिकालाई रु. १७ लाख २३ हजार नौ सय एक, कालिका गाउँपालिकालाई १४ लाख २१ हजार चार सय २९, उत्तरगया गाउँपालिकालाई १० लाख ६१ हजार चार सय ९९, गोसाइँकुण्ड गाउँपालिकलाई ११ लाख ९४ हजार दुई सय ६०, आमाछोदिङ्मो गाउँपालिकालाई चार लाख ८५ हजार रुपैयाँ र प्रदेश सरकारलाई ४३ लाख ३८ हजार ३४ रुपैयाँ गएको मालपोत कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह