तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १८ भाद्र २०८१, मंगलवार ०८:१०

सबै नीतिको मियो राजनीति ! राजनीति सही नेतृत्वको हातमा पुग्दा समृद्धि र विकासमा फड्को मारेको देशको सङ्ख्या अनगिन्ती रहे पनि हाम्रो देशको नेतृत्व बाँदरको हातमा नरिवलझैँ भएको छ । ठूला योजना सम्पन्न नहुँदै उद्घाटन गर्ने होडबाजी चलिरहने यो देशमा नुवाकोटलाई जनप्रतिनिधिले चोखो राखेनन् । जिल्लामा सञ्चालन हुने विकास योजनामा जस लिने प्रतिस्पर्धाले विदुरको केउरेनी–भैरमकोट–देउराली सडक र नुवाकोट दरबार खानेपानी योजनाको नाम फेरेर भए पनि जस लिन खोज्दा काम गर्ने लालु मकै भाँच्ने भालु भनेझैँ बनाउन उद्यत् हालका वडादेखि स्थानीय, प्रदेश, सङ्घका जनप्रतिनिधि दौडधुपले विगतमा योजना पार्न जुत्ता, चप्पल फटाएका जनप्रतिनिधि हिस्स ! सरकार र जनप्रतिनिधि फेरिएपछि जस लिने अर्को योजना ककनी–रानीपौवा, छहरे–टोखा सडकमा जयनेपाल कमरेड ।