गोसाइँकुण्डको भेटी अढाई लाख

  • त्रिशूली प्रवाह
  • १८ भाद्र २०८१, मंगलवार १४:१७

धुन्चे । जनैपूर्णिमा मेला २०८१ का अवसरमा रसुवा जिल्लास्थित गोसाइँकुण्डमा तीर्थालु भक्तजनले करिब अढाई लाख रुपैयाँ भेटी चढाएका छन् । जिल्लाको उच्च स्थानमा रहेको गोसाइँथान लाङटाङ राष्ट्रिय निकुञ्जभित्र छ । गत साउन २१ देखि यही भदौ ३ गते जनैपूर्णिमासम्म चलेको मेलामा भेटी दुई लाख ५७ हजार एक सय ५५ रुपैयाँ सङ्कलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका सचिव रोशन बाँस्कोटाले बताए ।