Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

जनताले देख्ने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

जनताले देख्ने गरी काम गर्न गृहमन्त्रीको निर्देशन
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । गृहमन्त्री रमेश लेखकले जनताले देख्ने र महसुस गर्ने गरी काम गर्न प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीसहित जिल्लाका सुरक्षा समितिका सदस्यलाई निर्देशन दिएका छन् ।

गृहमन्त्रीले जिल्ला प्रशासन कार्यालय नुवाकोटको निरीक्षण गरी तीन सुरक्षा निकायका प्रमुख सम्मिलित सुरक्षा समितिको बैठकमा प्रमुख आतिथ्य ग्रहण गर्दै जिल्लाको सुरक्षा अवस्थाको जानकारी लिएर समसामयिक विषयमा पनि सम्बोधन गरेका थिए । समितिको बैठकमा गृहमन्त्री उपस्थित भएको पहिलोपटक भएको जिल्ला प्रशासन कार्यालयले जिकिर गरेको छ । विदुर-६ खम्पाक्याम्प, चण्डीपोखरीमा निर्माणाधीन केन्द्रीय कारागारको पहिलो र दोस्रो चरणको काम सकिएसँगै कारागार उद्घाटन गर्न शनिबार नुवाकोट आएका गृहमन्त्री सम्मिलित सो बैठकमा मन्त्रालयका निमित्त सचिव नारायण भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाको सहभागिता थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह