+
Search

ताजा अपडेट +

पपुलर +

बागलुङका उद्योगी-व्यवसायीलाई नुवाकोटमा स्वागत

बागलुङका उद्योगी-व्यवसायीलाई नुवाकोटमा स्वागत
त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर । बागलुङ उद्योगी वाणिज्य सङ्घको भ्रमण टोलीलाई नुवाकोट उद्योग वाणिज्य सङ्घले सोमबार स्वागत गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, गण्डकी प्रदेशका संस्थापक सदस्य रहेको सङ्घका अध्यक्ष नरेश कँडेलका नेतृत्वमा आएको टोलीले नुवाकोटका प्रमुख ऐतिहासिक एवं धार्मिकस्थलको अवलोकनसमेत गरेको थियो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

रसुवा पुगेर आएको उक्त टोलीलाई नुवाकोट उद्योग वाणिज्य सङ्घले स्वागत गर्दै अन्तक्र्रियात्मक कार्यक्रमसमेत गरेको थियो । महासङ्घका केन्द्रीय सदस्य, जिल्ला नगर परिषद्का उपसभापति एवं नुवाकोट उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष ताराबहादुर कार्कीका आतिथ्यमा भएको कार्यक्रममा सङ्घका कार्यबाहक अध्यक्ष सन्तोष उप्रेतीले जिल्लाको उद्योग व्यवसायको वस्तुस्थितिबारे जानकारी गराएका थिए । कार्यक्रममा सङ्घका पूर्वाध्यक्ष शरणउत्सुक सापकोटा र उपाध्यक्ष सबिन राजभण्डारीले अध्ययन–अवलोकन भ्रमणले दुई जिल्लाको व्यावसायिक गतिविधिबारे जानकारी हुने बताए । टोलीमा बागलुङ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष एवं महासङ्घका केन्द्रीय सदस्य युवराज राजभण्डारी, महासङ्घ गण्डकीका सदस्य दयाराम पौडेललगायत १४ जना थिए । दुवै सङ्घबिच अनुभव आदानप्रदानका साथै मायाको चिनो साटासाट गरिएको थियो ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह