+
Search

ताजा अपडेट +

पपुलर +

विद्यालय कर्मचारी अधिकारका लागि फेरि लड्ने

विद्यालय कर्मचारी अधिकारका लागि फेरि लड्ने
त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे । सूर्यबहादुर तामाङको अध्यक्षतामा नेपाल विद्यालय कर्मचारी परिषद् रसुवा गठन भएको छ । रसुवा जिल्लाका शिक्षकको शनिबारको भेलाले नयाँ कार्यसमिति गठन गरेको हो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

भेलाले देशभरका विद्यालय कर्मचारी एकजुट भएर पेसागत अधिकारका लागि लड्नुपर्ने निष्कर्ष निकालेको छ । परिषद्का केन्द्रीय अध्यक्ष गंगाराम तिवारीले अधिकारको लडाइँमा सबै विद्यालय कर्मचारीले साथ दिनुपर्ने बताउँदै कर्मचारी परिषद् र सरकारबिच भएको सहमति कार्यान्वयनका लागि दबाब दिइने बताए । परिषद्का केन्द्रीय अध्यक्ष तिवारीको प्रमुख आतिथ्य तथा रामशरण फुयाँलको विशेष आतिथ्यमा भएको भेलामा नेपाल शिक्षक महासङ्घका रसुवा अध्यक्ष वसन्त पौडेल, नेपाल शिक्षक सङ्घका सचिव केशव रिजाल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका कोषाध्यक्ष नवराज घिमिरे, अखिल नेपाल शिक्षक सङ्गठनका प्रदेश सदस्य केशव पौडेल र अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला इन्चार्ज गुणराज पौडेलको सहभागिता थियो ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह