+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
११ महिना अगाडी

राजनीति सबै नीतिको मूल नीति भएर होला, न्वाँकोटका नेताको उद्घाटन, शिलान्यास मोहले शिशु सङ्घीयता ख्याउटे र मरन्च्याँसे नै हुनी भो ! मर्यादाको ख्यालै नराखी जिल्लाको एउटा पालिकाको भवन शिलान्यास कार्जेक्रम गाईजात्रे चाकडी भएको तेस्रो आँखाले चाल नपाउने कुरै भएन । मर्यादाक्रम आयोजकले ख्याल नगर्या हो कि, नेताले चाल नपा हो, बुझिनसक्नु देखियो । पालिका अध्यक्ष आफैँले उद्घाटन गरे हुने कार्जेक्रममा तामझामसहित फजुल खर्च गराएको महसुस गरेर पनि निरीह बनेका प्रमुख प्रशासकीय सरको दुःखेसो कसले सुनिदिने ? नेताको स्टेजमोहले काङ्ग्र्रेसमय बनेको उद्घाटन सत्रमा पुगेका पूर्वअर्थमन्त्री र मुख्यमन्त्रीको मर्यादा सरकारसँग सोध्न जाँदा माओवादी कण’हरूको कार्जेक्रममा उपस्थिति नभएको चाल त्रिनेत्रले थाह पाइहाल्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह