काठमाडौं । नेपाली काङ्ग्रेस स्थानीय तह समन्वय विभागले काङ्ग्रेसबाट गाउँपालिका र नगरपालिकामा निर्वाचितमध्ये उत्कृष्ट जनप्रतिनिधिलाई गत बिहीबार सम्मान र पुरस्कृत गरेको छ । नुवाकोट र धादिङका गाउँपालिका र नगरपालिकाका २१ जनप्रतिनिधिलाई भदौ २७ गते सम्मान गरेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको विभिन्न कार्यविधिमध्ये स्थानीय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा उत्कृष्ट भएका र महालेखापरीक्षकको ६१औँ प्रतिवेदन २०८१ मा न्यूनतम बेरुजु कायम भएका नगरपालिका र गाउँपालिकाका प्रमुखलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा धादिङको नेत्रावती–डबजोङ र नुवाकोटको म्यागङ गाउँपालिकासहित ६ वटा रहेका छन् । लिजामा उत्कृष्टता हासिल गर्ने स्थानीय तहमा धादिङको ज्वालामुखी गाउँपालिका र धादिङकै नीलकण्ठ नगरपालिकासहित सातवटा र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा उत्कृष्टता हासिल गर्ने आठवटा स्थानीय तहलाई समेत उत्कृष्ट घोषणा गरी सम्मान गरेको छ ।







प्रतिक्रिया