+
Search

ताजा अपडेट +

पपुलर +

मोटरसाइकल चोरीमा संलग्न पक्राउ

मोटरसाइकल चोरीमा संलग्न पक्राउ
त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर । शिवपुरी-६ गुर्जेभञ्ज्याङस्थित अस्थायी प्रहरी पोस्ट गुर्जेभञ्ज्याङ नुवाकोटबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले चोरी भएको बा.७८प ४८२२ नम्बरको २२० सिसीको कालो/रातो रङको मोटरसाइकल बरामद गरेको छ । सो मोटरसाइकल काठमाडौँ, बुढानीलकण्ठ-३ बस्ने १९ वर्षीय आकाश लामाले चलाएको र किस्पाङ-१ बस्ने ३१ वर्षीय श्याम घले पछाडि सवार भएका थिए । अभियुक्तका साथबाट चोरी गर्न प्रयोग गरिने औजारसहित एक/एक थान चेक बक्स र सिएमसी चोक सेन्ट तथा दुई थान छिनो पनि बरामद गरिएको र सवारीसाधन कागजातविनाको रहेको जनाइएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

त्यस्तै, चेकपोस्टअगाडि सवारीसाधन जाँचका क्रममा किस्पाङ-३ बस्ने ३२ वर्षीय सञ्जय लामाले चलाएको बागमती एएए ९८२८ नम्बरको २२० सिसीको मोटरसाइकल जाँच गर्दा कागजातविनाको प्रदेश ०२-०३२ प.६५९६ लेखिएको नम्बर प्लेटसमेत छुट्टै राखी ल्याएको अवस्थामा फेला परेको थियो । तत्काल रितपूर्वक बरामद गरी प्रहरी पोस्टमा ल्याइएकामा सो मोटरसाइकल चोरीको खुल्न आएको छ । सम्बन्धित मोटरसाइकलधनीले आवश्यक कागजातसहित सो कार्यालयमा उपस्थित भई निजविरुद्ध चोरीसम्बन्धी कसुरमा जाहेरी दरखास्त दिएकामा नुवाकोट जिल्ला अदालतबाट चोरीसम्बन्धी कसुरमा आइतबार सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह