रसुवाबाट एसइई पूरकमा ७५ प्रतिशत उत्तीर्ण

  • त्रिशूली प्रवाह
  • १० आश्विन २०८१, बिहीबार १२:३८

धुन्चे । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षामा रसुवा जिल्लाबाट सहभागीमध्ये ७५.१३६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार जिल्लाबाट तीन सय ६६ सहभागी भएकामध्ये दुई सय ७५ उत्तीर्ण भएको जिल्ला शिक्षा तथा समन्वय एकाइ रसुवाका निमित्त प्रमुख जीवन दाहालले जानकारी दिए । जिल्लाबाट परीक्षामा सहभागी प्राविधिक धारतर्फ ४३ परीक्षार्थीमध्ये ३५ जना र साधारणधारतर्फ दुई सय ४० मध्ये ८३ जना अनुत्तीर्ण भएका छन् ।