+
Search

ताजा अपडेट +

पपुलर +

संविधान दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

संविधान दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर
त्रिशूली प्रवाह
२ साल अगाडी

देवीघाट । संविधान दिवस २०८१ को अवसरमा नुवाकोट जिल्लाको विदुर नगरपालिका-५ देवीघाटमा दुईदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

असोज ३ र ४ गते नेपाल रेडक्रस सोसाइटी जालपादेवी उपशाखा विदुर-५ देवीघाट र यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्ट काठमाडौँको संयुक्त आयोजनामा सम्पन्न शिविरमा एक हजार तीन सयभन्दा बढीले परीक्षण गरी लाभ लिएका छन् । स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण गरिएको शिविरमा त्रिशूली अस्पताल नुवाकोट, बागमती प्रदेश सरकार स्वास्थ्य व्यवस्थापन केन्द्र हेटौँडा, विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटलगायतले प्राविधिक व्यवस्थापन गरेको ट्रस्टका अध्यक्ष डा. केदारनरसिंह केसीले बताए ।

Suzuki New Bike & Scooter

स्वास्थ्य परीक्षणका क्रममा आँखाका १९ र पाठेघरसम्बन्धी १५ जनाको निःशुल्क शल्यक्रिया गर्नुपर्ने देखिएको छ । यस्तै, शिविरमा करिब पाँच लाख मूल्यबराबरको औषधि निःशुल्क वितरण गरिएको ट्रस्टका महासचिव जगदीश्वरनरसिंह केसीले बताए । शिविरमा ब्रेस्ट स्क्यानिङ, भिडियो एक्सरे, रक्तचाप, मधुमेह र रक्त परीक्षण, स्त्रीरोग, हाडजोर्नी, मानसिक रोगसहित विशेषज्ञ र सामान्य चिकित्सा सेवासमेत उपलब्ध गराइएको थियो । आफ्नो गाउँघरमा विभिन्न सुविधासहित उपचार गर्न पाएकोमा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको देखिन्थ्यो । शिविर सम्पन्न भएसँगै ट्रस्टका संरक्षक अर्जुननरसिंह केसीले समापन गर्दै स्वास्थ्यमा सहभागी सबैलाई धन्यवाद दिएका थिए । उनले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा आफूहरूले विगतदेखि नै स्वास्थ्य तथा शिक्षामा सामाजिक भावनाले काम गर्दै आएको भन्दै आगामी दिनमा पनि आफूहरू यस्ता कार्यक्रम लिएर गाउँ–गाउँमा जाने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह