+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
१० महिना अगाडी

बिचरा कर्मचारीले गत हप्ता मनाइएको संविधान दिवसको बिदा सरकारको जङ्गे उर्दीले अमिलो मनले उपयोग गर्नुपर्यो। औपचारिक रूपमा मनाइएको दिवस जनस्तरसम्म पुग्न नसकेको तेस्रो आँखाले चाल नपाउने कुरै भएन । सरकारले धुमधामसित देश–विदेशमा रहेका नेपालीलाई समेत दिवस मनाउन आह्वान गरे पनि हाम्रो न्वाँकोटमा दलका नेतालाई के फुर्सद हुन्थ्यो ? संविधानविरोधी आवाज निस्तेज पार्ने सोचले दिवसको कार्जेक्रमलाई विकेन्द्रीकरण गर्ने भनेर यसपटक गाउँ पुर्याउने क्रान्तिकारी निर्णय गर्नेहरू नै ठाउँमा नपुग्दा सिडियो सा’ब जिल्ल परे । अरूलाई मतलब नभए पनि यही संविधानले गर्दा भत्ता खान पाएका झन्डै पाँच सय जनप्रतिनिधि भनाउँदासमेत उपस्थित नभएकाले समन्वय प्रमुखज्यू पुर्पुरामा हात राखेर बसिरहेको त्रिनेत्रले देखिहाल्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह