धुन्चे । संविधान दिवस २०८१ का अवसरमा रसुवाको कालिकास्थानमा नेपाल स्वयम्सेवी रक्तदाता समाज र कालिका हिमालयन मावि एसएलसी २०५६ ब्याचको आयोजनामा भएको खुला रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन् ।
‘रक्तदान गर्नु हरेक स्वस्थ व्यक्तिको सामाजिक दायित्व हो र निःशुल्क रगत पाउनु पीडितको अधिकार हो’ भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको उक्त ब्याचका रामशरण गजुरेलले जानकारी दिए । उनले भने, ‘संविधान दिवस र प्रजातन्त्र दिवसका अवसरमा हरेक वर्ष दुईवटा रक्तदान कार्यक्रम गर्ने गरेका छौं।’






प्रतिक्रिया