+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली थ्री ‘बी’को काम चाँडो सक्न निर्देशन

त्रिशूली थ्री ‘बी’को काम चाँडो सक्न निर्देशन
त्रिशूली प्रवाह
१० महिना अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली थ्री ‘बी’ हब २२०/१३२/३३ केभी सबस्टेसन तथा प्रसारणलाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् ।

त्रिशूली नदी र सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइनको मंगलबार स्थलगत निरीक्षण गर्दै उनले प्रसारणलाइन विस्तारका क्रममा उत्पन्न समस्या समाधान गरी चाँडो काम पूरा गर्न निर्देशन दिए । ऊर्जामन्त्री खड्काले प्रसारणलाइन विस्तारको काम ढिलाइ हुँदा राज्यले दैनिक ठुलो घाटा व्यहोर्नुपरेको भन्दै जनशक्ति थप गरेर भए पनि चाँडो काम सम्पन्न गर्न निर्देशन दिए । ‘सबस्टेसन निर्माण र चिलिमे जलविद्युत् आयोजनाबाट त्रिशूली भी थी हथ सबस्टेसनमा ल्याउनका लागि निर्माण गरिएको प्रसारणलाइन चाँडो सम्पन्न गर्ने गरी काम गर्नुहोस्,’ ऊर्जामन्त्री खड्काले भने । त्रिशूली भी बी हब २२०/१३२/२३ केभी सबस्टेसनको काम अन्तिम चरणमा रहेको छ भने चिलिमेबाट उक्त सबस्टेसनमा जोड्ने प्रसारणलाइनको काम मैलुङ क्षेत्रमा रोकिएको छ ।

रसुवा, आमाछोदिङ्मो गाउँपालिका थाम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोट, किस्पाङ गाउँपालिका, पहिरेबेँसीस्थित त्रिशूली थ्री ‘बी’ हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारणलाइन निर्माण भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा निर्माण भएका १११ मेगावाटको रसुवागढी र ४२.५ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको विद्युत् यही प्रसारणलाइनमा जोडिनेछ । दुवै आयोजना निर्माण सकिएका छन् । प्रसारणलाइन नहुँदा ती आयोजनाले विद्युत् उत्पादन गरेका छैनन् । उक्त प्रसारणलाइनको निर्माणको अवलोकन गर्न गत हप्ता प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको टोली आएको थियो ।

त्यसैगरी, ऊर्जामन्त्री खड्कासँग नुवाकोटमा बुधबार नेपाली काङ्ग्रेसको आयोजनामा बिजुलीको नाङ्गो तारलाई सहर–बजारमा अन्तरग्राउन्ड गर्न र गाउँघरमा केबल राख्न माग गर्दै अन्तक्रिया भएको छ । सो कार्यक्रममा जिल्लाको मुख्य नदी त्रिशूली, लिखु, तादी, फलाखु, सामरी, सलाखु, दोर्खुलगायतमा तटीय नियन्त्रण कार्यक्रम सञ्चालन गर्नसमेत तादी, लिखु, पञ्चकन्या, दुप्चेश्वर, शिवपुरी गाउँपालिकाका अध्यक्षहरूले माग गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह