Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली अस्पतालमा पत्थरीको जटिल शल्यक्रिया

त्रिशूली अस्पतालमा पत्थरीको जटिल शल्यक्रिया
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । त्रिशूली अस्पतालमा एक पुरूषको पिसाब थैलीभित्र रहेको पत्थरीको सफल शल्यक्रिया सफल भएको छ ।

बागमती प्रदेश सरकारअन्तर्गतको सो अस्पतालका निर्देशक डा राजेन्द्र लामा, डा पार्वती गौतम, डा कैलाश विश्वकर्मासहितको चिकित्सकको टोलीले ३९ वर्षीय ती पुरुषको पिसाब थैलीभित्र रहेको पत्थरीको शल्यक्रिया गरेको हो । सो पत्थरीको लम्बाइ ४ सेन्टिमिटर र चौडाइ एक सेन्टिमिटरको रहेको जनाइएको छ । ती पुरुषको मेरुदण्ड भाँचिएको र पक्षाघातसमेत भएकाले उपचारका लागि जोखिमपूर्णावस्थामा अस्पतालका दक्ष एवं अनुभवी चिकित्सक टोलीले सहज रूपमा शल्यक्रिया गरेको हो । नुवाकोटस्थित सो अस्पताल हरेक दिन दुर्लभ एवं जोखिमपूर्ण बिरामीलाई समेत सेवा दिने क्रममा पछिल्लो समयमा शल्यक्रिया सेवामा निकै जोखिम देखिएका बिरामीलाई समेत सेवा दिंँदै उत्कष्ट अस्पतालका रूपमा आफूलाई प्रस्तुत गर्न सफल भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह