Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

तारकेश्वरमा घुमन्ते–पोके व्यापारीलाई निषेध

तारकेश्वरमा घुमन्ते–पोके व्यापारीलाई निषेध
त्रिशूली प्रवाह
१ साल अगाडी

तारूका । तारकेश्वर गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र घुमन्ते तथा पोके व्यापारीलाई निषेध गरिएको सूचना जारी गरेको छ । चाडपर्व नजिकिएसँगै व्यवसायमा दर्ता नभएका तथा नचिनिएका व्यक्ति गाउँमा प्रवेश गर्ने र सोझासादा जनतालाई कमसल सामग्री महँगो मूल्यमा बिक्री गर्दै ठग्ने प्रवृत्ति बढेको गुनासो चौतर्फी आएपछि गाउँपालिका अध्यक्ष शिव अधिकारीले पोके तथा घुमन्ते व्यापारी निषेधित क्षेत्र रहेको सूचना जारी गरेका हुन् ।

अध्यक्ष अधिकारीले घुमन्ते र पोके व्यवसायीले पालिकाका गाउँबस्तीमा पुगेर अखाद्य, गुणस्तरहीन र म्याद गुज्रिएका सामान बिक्री गर्ने, सोझा जनतालाई विभिन्न प्रलोभन देखाई महँगो मूल्य लिएर ठगी गर्ने, सामान चोरी गर्ने तथा कानुनले निषेध गरेका सामग्रीको निकासी वा बेचबिखन गर्ने गुनासो आएपछि त्यस्ता व्यक्ति तथा व्यापारीलाई गाउँपालिका क्षेत्रभित्र व्यापार गर्न रोक लगाइएको सूचनामा उल्लेख छ । घुमन्ते व्यापारीले पसल तथा व्यवसाय दर्ता नगर्ने, राजस्व नतिर्ने, कर छली गर्ने, व्यवसाय सञ्चालनार्थ गाउँपालिका उद्योग शाखामा दर्ता गर्नुपर्ने नियमको पालना नगरेकाले पालिकाभित्र जिम्मेवार भएर व्यववसाय गर्ने व्यवसायीलाई असर परेको गुनासो आएपछि बाध्य भएर त्यस्ता व्यापारी निषेधित क्षेत्र भएको सूचना निकाल्नुपरेको अध्यक्ष अधिकारीले स्पष्ट गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह