धुन्चे । गृह मन्त्रालयले १२/१२ प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सहायक प्रमुख जिल्ला अधिकारीको यही असोज २ गते सरुवा गरेको छ । सरुवा हुनेमा रसुवाका प्रजिअ वेदनिधि खनालसमेत छन् ।
खनाललाई ओखलढुङ्गाको सहायक सिडिओमा सरुवा गरेको हो । उनी बिदाइ भएर बुधबार कार्यक्षेत्र गइसकेका छन् । मन्त्रालयले रसुवाका प्रजिअमा अर्जुन पौडेललाई पठाएको छ । स्याङ्जा घर भएका पौडेल शुक्रबार जिल्ला आउने जानकारी जिल्ला प्रशासन कार्यालयले दिएको छ ।
प्रतिक्रिया